नियम १७४
धरौटी राख्ने अवस्था
देहायको अवस्थामा स्थानीय निकायमा धरौटी रकम जम्मा गर्नु पर्नेछ ः–
(क) स्थानीय निकायलाई बुझाउनु पर्ने रकम अग्रिम रुपमा बुझाउन,
(ख) बोलपत्र पेश गर्न वा लिलाममा सहभागी हुनका लागि स्थानीय निकायले तोकिदिएको रकम दाखिला गर्न,
(ग) कुनै काम गर्नु अगावै कुनै रकम अग्रिम धरौटी राख्नु पर्ने भनी यस नियमावली वा प्रचलित कानून बमोजिम व्यवस्था भएमा त्यस्तो शर्त पूरा गर्न,
(घ) अन्य कुनै कारणबाट धरौटी राख्नु पर्ने भए त्यस्तो रकम बुझाउन ।